‘राम नाम सत्य’को गीतमा सुपुष्पासँग रोमान्टिक बने विराज

आगामी चैत्र २७ गतेबाट रिलिज हुने फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ । गीत सार्वजनिक गर्दै माइकल चन्द निर्देशित फिल्मको प्रचारप्रसार सुरु गरिएको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीकै संगीत रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियोमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । भिडियोमा विराज र सुपुष्पा रोमान्टिक अवतारमा देखिएका छन् ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् भने मोती कार्की क्रियटिभ प्रोड्यूसर र राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेका छन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत समावेश गरिएको छ । माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको ब्याकग्राउन्ड म्युजिक छ ।

सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर तथा ट्रेलर रहेको छ । फिल्मका स्क्रिप्ट सल्लाहकार अभिमन्यू निरवी र समय थपलिया हुन् । फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापालगायत कलाकारको अभिनय रहेको छ ।


ताजा खबर