प्रिमियरमा प्रशंसा पाएको ‘दिमाग खराब’ आजबाट हलमा

आज शुक्रबारबाट हलमा निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ ।

रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिकर्मीसम्मले ‘दिमाग खराब’को प्रशंसा गरेका छन् । बिहीबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा भएको प्रिमियरमा प्रायःले फिल्मले उठान गरेको कथावस्तुको प्रशंसा गर्दै फिल्म राम्रो बनेको अधिकांशले प्रतिक्रिया दिएका थिए ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको ‘दिमाग खराब’ले व्यवस्थाविरुद्ध एक आम नागरिकले लड्ने लडाइँको कथा पेश गर्छ ।

फिल्ममा एउटा साधारण मान्छेको कथा छ । जो आफ्नो जिवनमा के के भोग्दै जान्छ र त्यो भोगाइको वरपर परिवारसँगै बाहिर समाज र सिस्टमसँग लिएको टकराबका बारेमा छ ।

यो फिल्म राजनीतिसँगै हेरक परिस्थितीसँग जोडीएको छ । मुलत देशको बनाउने जिम्मा पाएकाहरुका कारणले गर्दा सर्वसाधरण व्यक्तिमा कस्तो असर परिरहेको छ । पुरै सिस्टमको कारणले गर्दा समाजमा के अप्ठ्यारो भइरहेको छ भन्ने कुरा फिल्ममा छ ।

यसको शीर्ष चरित्र इन्द्र शर्माको भूमिकामा खगेन्द्र लामिछानेले अभिनय गरेका छन् । इन्द्र शर्माको माध्यम हुँदै यो फिल्मले समाजको कथा भन्न खोजिएको छ ।

फिल्म ‘दिमाग खराब’ सबै दृष्टि कोणबाट निकै नै बलियो देखिएको छ । कुनै समय ‘लुट’ जस्तो फिल्म निर्देशन गरेर नेपाली फिल्म बजारमा मेकिङको शैली फेर्दै संकटकाल लगाउनुपर्ने अवस्थालाई तत्कालका टारिदिएका निश्चल बस्नेतको ६ वर्ष पछि कमब्याक गरेको फिल्ममा स्वस्तिमा खड्का, दयाहाङ राई र अर्पण थापाको पनि मुख्य भूमिका छ ।


ताजा खबर

No comments to show.