विनयराजको डेब्यु निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्ने

फिल्म ‘आम नागरिक’ बन्ने भएको छ ।

केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा निर्माण हुने फिल्मको निर्माण पक्षले घोषणा गरेसँगै फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देख्न सकिन्छ। साथै पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ ।

यो फिल्मलाई विनयराज पौडेल निर्देशन गर्ने भएका छन् । उनको यो डेब्यु निर्देशकिय फिल्म हो । विनयराजले यस अघि धेरै नेपाली फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् भने, अब आफैं निर्देशनको जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

विनयराजले ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘पोइ पर्‍यो काले’, ‘बिहे पास’, ‘लभ यू हमेशा’ लगायत तीन दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् । फिल्म ‘आम नागरिक’को लेखन पनि स्वम निर्देशक कै रहेको छ।

पुस्कर राउतको प्रस्तुती रहने फिल्ममा उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहेका छन् । आगामी बैशाखबाट छायांकन हुने फिल्मको हाल धमाधम कलाकारहरुको छ्नोट गर्ने काम भइरहेको छ ।


ताजा खबर

No comments to show.