खल्ती एपको स्थापनाको सात बर्ष पुरा ,फिल्म प्रमोसनमा निरन्तर सहकार्य

खल्ती एपले स्थापनाको सात बर्ष पुरा गरेको छ । खल्तीले विगत ३ बर्षदेखि नेपाली फिल्मको प्रमोसनमा पनि सहकार्य गर्दै आएको छ । यो सहकार्य नेपाली फिल्म र खल्तीका लागि सुखद बनिरहेको छ ।




३ बर्षमा खल्तीले ४० भन्दा बढी नेपाली फिल्मसँग सहकार्य गरेको छ । यो सहकार्यले खल्तीसँगै नेपाली फिल्मका निर्माता र कलाकारले पनि राम्रो फाइदा लिन सकेका छन् । 

खल्तीले केही नेपाली फिल्मको टिकट काट्दा ३५ प्रतिशतसम्मको हिस्सा लिँदै फिल्मको व्यापारमा ठूलो सहयोग गरेको छ ।


यस्तै, फिल्म प्रमोसनमा पनि खल्ती एपले निरन्तर सहकार्य गर्दै आइरहेको छ । 

खल्तीले फिल्म ‘परस्त्री, हल्कारा, बिहे पास, छड्के २, छक्का पन्जा ४’ लगायतका फिल्म रिलिजका क्रममा १० प्रतिशत क्यासब्याकको अफर ल्याएको थियो । यस्तै, फिल्म ‘बहाव’को रिलिजका क्रममा क्विज समेत राखेर खल्तीले प्रमोसन गरेको थियो ।



खल्तीबाट ५१ वटा हलहरुका १२० वटा पर्दामा सहजै टिकट काट्न सकिने भएकाले पनि दर्शकलाई निकै सहज भएको छ । 

खल्तीले ल्याएको विभिन्न योजनामा नेपाली फिल्मका नाम चलेका कलाकारहरूले पनि सहकार्य गरे । जसबाट खल्तीका कारण दर्शक र कलाकारबिचको दुरीलाई नजिक बनाउन निकै मद्दत गरेको छ । 



७ बर्षको यात्राका क्रममा ग्राहकको राम्रो साथ पाएको खल्तीले आगामी दिनमा पनि नेपाली फिल्मसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।


ताजा खबर

No comments to show.