//metaboxes - Native replacement for CMB2 require_once('metaboxes/cmb-regular.php'); require_once('metaboxes/user-profile.php'); गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा - Cinepatrika

गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटनामा

गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्। नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकिनन्।

उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।

रचनाले लेखेकी छन्, ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामि सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो। गाडिमा केहि क्षति पुगेको छ । यात्रुहरु हामि सबै सकुशल छौँ। साथै आज लमहि महोत्सवमा हुने भनिएको मेरो साङ्गितिक प्रस्तुति भोलि रहने सबैमा जानकारि गराउँदछु। आज उपस्थित हुननसकेकोमा क्षमा चाहन्छु।’


ताजा खबर

No comments to show.