‘दुखी आत्मा’ मा दयाको जोडी आँचल

फिल्म ‘दुखी आत्मा’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छिन् ।

निर्माण ब्यानर क्लक वर्क कृएसनले फिल्मको प्रमुख अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गराएको हो ।

दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुन लागेको फिल्मको प्रमुख कलाकारमा अभनेता दयाहाँग राई घोषणा भएसँगै फाइनल भइसकेका थिए भने अभिनेत्री आँचल र निमार्ण पक्षबीच करिब एक महिना अघि कागजी सम्झैता भएको थियो ।

आँचललाई स्क्रिप्टको मागअनुसार लिइएको निर्देशक लामाले बताएका छन् । फिल्ममा लामाकै लेखन रहेको छ ।

फिल्मका निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको फिल्म ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । उनीहरुको ‘दुखी आत्मा’ दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । फिल्मका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको फिल्मको बितरण आरआर फिल्मस्ले गर्नेछ ।


ताजा खबर

No comments to show.