दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने

अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् ।

फिल्म ‘दयारानी’को पत्रकार भेटघाटमा पत्रकारहरूको प्रश्नमा दयाले आफूले अब एक बर्ष फिल्म साइन नगर्ने घोषणा गरेका हुन् ।

उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताए। साथै, दयाले आफूले साइन गरेका ५ वटा फिल्मको घोषणा नभएकाले यसलाई त्यसमा राख्न नहुने बताएका छन् ।

उनले भने, ‘अब एक बर्ष म नयाँ फिल्म साइन गर्दिनँ । तर, मैले ५ वटा फिल्म साइन गरिसकेको छु । यसैले, त्यो ५ वटा फिल्मको घोषणा कुनै दिन हुनसक्छ । यो कुरा भने स्पष्ट पार्न चाहन्छु ।’

यसो त, दयाको हातमा डेढ दर्जन फिल्म छन् । रिलिज हुन बाँकी रहेका र छायाङ्कनमै नगएका फिल्मको संख्या हेर्दा दयासँग आउँदो बर्षका लागि अहिले नै फिल्म भरिएको पाइन्छ ।

यो बर्ष मात्र दयाको ९ वटा फिल्म रिलिज हुने पक्का भएको छ । अर्को बर्ष दया अभिनित एक दर्जन बढी फिल्म रिलिजमा आउँदैछन् । दयासँग आफूले अभिनय गरेको फिल्मको प्रचार गर्ने समय समेत छैन ।

दयाहाङ राईले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् । माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनेछन् । अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् ।

चैतको महिनाका लागि भने कार्साङ र दुखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।


ताजा खबर

No comments to show.