‘ह्रस्व दीर्घ’को फस्टलुक पेस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा, ब्रह्मानन्दमको पण्डित अवतार

अभिनेत्री नीता ढूंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ दशैंमा रिलिज हुने भएको छ। फिल्मका कलाकार ब्रम्हानन्दमको जन्मदिनमा फस्ट लुक रिलिज गर्दै नीताले फिल्मको रिलिज मिति घोषणा गरेकी हुन्।

घोषणा अनुसार फिल्म असोज ११ गते रिलिज हुनेछ। सार्वजनिक फस्ट लुकमा ब्रम्हानन्दम मात्र फिचर भएका छन्। सार्वजनिक फस्टलुकमा उनलाई नेपाली ढाका टोपीमा मुस्कुराइरहेको देख्न सकिन्छ। उनको निधारमा तिलकसमेत छ।

चन्द्र पन्द निर्देशित फिल्ममा नेपालका र भारतका कलाकारहरुको अभिनय रहेको छ। फिल्म नेपालीसँगै भारतका प्रान्तिय भाषाहरुमा रिलिज हुने जनाइएको छ। भारतमा भने यो फिल्म ओटिटि प्लेटफर्ममा मात्र रिलिज हुनेछ।

हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।

फिल्ममा ब्रम्हानन्दमका अलावा अलि, ‘गजनी’ फिल्मका खलनायक विजय रावतको समेत अभिनय रहेको छ।
तीन सेड्यूलमा छायांकन हुने फिल्मको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको लागी निर्माण टीम भारत जादैछ । जहाँ दुई गीतको छायांकन हुने छ।


ताजा खबर

No comments to show.