अभिनेता तथा गायक कोशिशले प्रेमिका सन्ध्यासँग कसे लगनगाँठो

 अभिनेता, गायक तथा संगीतकार कोशिश क्षेत्रीले प्रेमीका सन्ध्या ढुंगानासँग लगनगाँठो कसेका छन् ।

हेटौडा स्थायी घर भएका कोशिसले हेटौडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् ।  कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए । उनीहरुको सिमित पारिवारिक व्यक्तिहरुको उपस्थितिमा माघको १७ गते विवाह भएको हो ।

यी दुइले आठ बर्ष लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका छन् ।

कोशिश आफ्नो अभिनयका कारण बढी चर्चामा रहन्छन् । फिल्म ‘मोक्ष’बाट अभिनेताको रुपमा डेब्यु गरेका उनले त्यसयता ‘पर्व’, ‘रातो गलबन्दी’, ‘माया पिरिम’, ‘परस्त्री’ र ‘ऐंचो पैंचो’मा काम गरिसकेका छन् ।

उनी अब केही समयपछि दिनेश अधिकारी ‘चरी‘को जीवनीमा आधारित फिल्ममा अभिनय गर्ने तयारीमा छन् ।

सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी छन् ।


ताजा खबर

No comments to show.