‘महाजात्रा’लाई ‘सुपरहिट’ फिल्मको घोषणा गर्दै क्यूएफएक्स

देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट फिमको घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो ।

शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक प्राप्त गरेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम गर्न सफल भएको हो । यो फिल्मले पहिलो हप्तामा ६ करोड कमाउने अनुमान गरिएको छ।

क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट करोडौं लगेका थिए । यसैले क्यूएफएक्समा उच्च शोजसहित फिल्म रिलिज गर्ने धेरै निर्माताको सपना हुने गर्छ । र, यो हलमा हुने व्यापारले फिल्मको देशभरको मोटामोटी आँकडा बताउँछ । यसकारण पनि क्यूएफएक्सले ‘महाजात्रा’लाई ‘सुपरहिट’ भन्नुको ठूलो अर्थ छ ।

यो फिल्म भोलिबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गर्दै छ। त्यस्तै, यो फिल्मले १० करोडमाथि कमाउने प्रक्षेपण गरिएको छ । यो हुँदा यस वर्ष उच्च कमाई गर्ने फिल्मको दोस्रो स्थान ‘महाजात्रा’ले बनाउनेछ ।


ताजा खबर