फिल्म पुजार सार्कीको लागि पल शाह जापान जादै

चलचित्र पुजार सार्की लिएर पल शाहलाई जापान जादै छन । जापान प्रदर्शनको अधिकार पाएका खिम राज शाहले उक्त कुरा को जानकारी दिएका हुन् । उनका अनुसार ,मे २६ तारिख टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा पल शाह सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपालका ३ लोकप्रिय अभिनेताहरुलाई एउटै फ्रेममा समेटिएको नेपाली चलचित्र पुजार सार्की जापानभर प्रदर्शन गर्न लागिएको हो ।
यस चलचित्रमा आर्यान सिग्देल,पल शाह र प्रदिप खड्काको अभिनय रहेको छ । साथै चलचित्र वर्षकै प्रतिक्षित मध्येको एक चलचित्र बनेको छ ।

पुजार सार्की,टोकियो सहित जापानका झण्डै ३ दर्जन सहरहरुमा हुने,जापान प्रदर्शनको अधिकार पाएका खिमराज शाहले बताएका छन् ।

शाहका अनुसार,टोकियो सहित जापानका सबै प्रमुख २ दर्जन सहरहरुमा प्रदर्शन तय भइसकेको छ। एक दर्जन भन्दा बढि स्थानहरुमा छिट्टैनै प्रदर्शन मिति सार्वजनिक गरिनेछ।


ताजा खबर