अत्याधिक मदिरा सेवन गरेको भेटिएपछि विमानस्थलबाट फर्काइए राजेश पायल राई

गायक राजेश पायल राई पुनः मदिरा प्रकरणको विवादमा जोडिएका छन् । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो।

सांगितिक कार्यक्रमका लागि गायक राई बिहीबारदिउँसो १२ बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए। उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्यसपछि उनको सो समयको फ्लाइट ‘क्यान्सिल’ गरिएको थियो । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने जनाएको छ। 

एयरलाइन्सले पूर्वनिर्धारित फ्लाइटमा यात्रा गर्न रोक लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो। ‘उहाँले धेरै मदिरा सेवन गरेकाले एयरलाइन्सले फर्कायो। हामीले उहाँलाई घर फर्किन अनुरोध गर्‍यौं,’ कार्यालयका प्रवक्ता एसएसपी डम्बरबहादुर विकले भने, ‘सुरूमा मान्नुभएको थिएन। तर पछि हामीले ट्याक्सीमा हालेर घर पठायौं, १२ बजेको फ्लाइटमा जानुपर्नेमा अब उहाँ अर्को फ्लाइटमा जानुहुनेछ ।’

उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्। 

गत चैत २१ गते मदिरा सेवन गरेर हल्ला गरेका आरोपमा नयाँ बानेश्वर वृत्त प्रहरीले नियन्त्रणमा लिएको थियो । मदिरा खाएर हल्ला गरेको उजुरीपछि उनीसहित उनको सहयोगीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको थियो । भोलिपल्ट राई परिवारको जिम्मामा छुटेका थिए ।


ताजा खबर

No comments to show.