//metaboxes - Native replacement for CMB2 require_once('metaboxes/cmb-regular.php'); require_once('metaboxes/user-profile.php'); एक्सन थ्रिलर 'डिएनए'को फस्टलुक रिलिज - Cinepatrika

एक्सन थ्रिलर ‘डिएनए’को फस्टलुक रिलिज

एक्सन थ्रिलर शैलीको फिल्म ‘डिएनए’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्न लागेका सुधन पोखरेलले प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई सांकेतिक रूपमा प्रस्तुत गरिएको छ ।

फिल्मको छायांकन भने आउँदो फागुनमा सुरु गर्ने योजना रहेको छ । छायांकनमा जानुअघि यस फिल्ममा प्रमुख भूमिका निभाउन लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताए । अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने फिल्मका निर्माता कुमार भास्करले बताए ।

फिल्म निर्माण कम्पनी फोनिक फ्लिकको ब्यानरमा बन्ने यो फिल्मको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ। यो फिल्म पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए ।

फिल्म ‘डिएनए’ लाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । फिल्म निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणि रत्न त्रिपाठीले बताए ।

फिल्ममा राजु तामाङको एक्सन निर्देशन रहनेछ ।


ताजा खबर

No comments to show.