भ्यालेन्टाइन लक्षित ‘रंगी’को शीर्ष गीत सार्वजनिक

आगामी फागुन २ गते रिलिज हुन लागेको चलचित्र ‘रंगी’को शीर्ष गीत सार्वजनिक भएको छ। सुरेश न्यौपानेको निर्देशनमा तयार भएको यो सिनेमाको ‘रंगी’ बोलको गीत भ्यालेन्टाइन विशेष रूपमा रिलिज गरिएको हो।

गीतमा आमेश भण्डारी र समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ भने आमेशकै शब्द तथा संगीत समावेश छ। रोमन बज्राचार्यको एरेन्जमेन्ट, अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङले गीतलाई थप कर्णप्रिय बनाएको छ।

चलचित्रको उक्त गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री मलिका महत फिचर्ड छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चिया बेच्दै हिँडेकी मलिका र सलोन बस्नेतबीच अंकुराएको प्रेमकथालाई देखाइएको छ। गीतमार्फत नै मलिका महत चलचित्रको मुख्य पात्र रहेको खुलासा गरिएको छ, जुन निर्माण पक्षले अहिलेसम्म गोप्य राखेको थियो।

चलचित्र ‘रंगी’मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहेको छ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेका छन्। चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत तथा आनन्द कार्की, समीक्षा अधिकारी, रजज्ञा श्रेष्ठ लगायतकाको स्वर रहेको छ।

चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका छन् भने राजेन्द्र मोक्तानको कलर करेक्सन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ। चलचित्र ‘रंगी’को वितरण एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले गर्नेछ।


ताजा खबर

No comments to show.