काठमाडौं । नेपाली फिल्म ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह(निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।
पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले फिल्म शक्ति संघर्षमा आधारित रहेको संकेत गर्दछ ।
फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।
फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व, विक्रम चौहानको नृत्य, शरद महतोको छायांकन, बारत लिम्बुको मुख्य सहायक निर्देशन, सुलक्षण भारतीका स्क्रिप्ट डाक्टर र शम्भु थापा कार्यकारी निर्माता छन् ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको फिल्ममा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन् ।
पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन् । प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनेछन् ।
फिल्म आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । फिल्मको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।