चन्द्र पन्तको ‘आ बाट आमा’को आमा बन्दै विपना थापा

काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन् । यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दैछन् ।

‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग पन्तको यो दोस्रो सहकार्य हो । निर्देशक पन्तले फिल्म ‘आ बाटा आमा’मा विपनाको शीर्ष भूमिकामा रहने बताएका छन् । उनैको कथा वरिपरी फिल्मको कथा घुम्नेछ ।

“विपना थापाको नै मुख्य भूमिका हो । उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर रहेको छ । आफू निर्देशक तथा लेखकको हिसाबमा भन्नु पर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल बनेको छैन,” निर्देशक पन्तले भने, “दर्शकलाई इमोसनल बनाउने कथा छ। त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँ ।”

चलचित्र भदौदेखि छायांकनमा जानेछ । यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन् ।

अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो । फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ।

आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक पन्ताका अनुसार यो चलचित्र आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउनेछ ।


ताजा खबर

No comments to show.