‘के घर के डेरा : घर नं २’ तेस्रो सातामा, ‘ऊनको स्वीटर’को व्यापार कति ?

काठमाडौं । प्रदर्शनतर दुई चलचित्र ‘के घर के डेरा : घर नं २’ र ‘ऊनको स्वीटर’ले आ-आफ्नो प्रदर्शन यात्रामा उल्लेखनीय सफलता हात पारिरहेका छन् ।

चलचित्र ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ भने चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको हो ।

सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्र ‘के घर के डेरा : घर नं २’ ले तेस्रो सातामा आइपुग्दा दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले भनाइ रहेको छ ।

“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

वितरक करण श्रेष्ठका अनुसार ‘के घर के डेरा : घर नं २’का शो थपिँदैछन् । राम्रो वर्ड अफ माउथ पाएको सिनेमामा केही हलहरुमा उच्च अकुपेन्सी हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

सकारात्मक वर्ड अफ माउथ पाएको सिनेमालाई दर्शकले आम नोपलीको घरघरको कथा भन्दै प्रशंशा गर्दै आएका छन् ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

यता, नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’ चौथो सातामा प्रवेश गर्दा पनि सशक्त व्यापार गरिरहेको छ । निर्माण टिमका अनुसार चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई लगायतको अभिनय रहेको ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्न सफल भएको छ ।

कथावस्तु, संवाद र निर्देशनको प्रशंसा पाइरहेको चलचित्रलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले “सुपरहिट” को ट्याग दिएको छ। साथै, यो वर्ष (वि.सं. २०८२) को पहिलो सुपरहिट चलचित्रको रूपमा समेत स्थापित भएको छ ।

हालसम्म देशभर १०० भन्दा बढी शो कायम राख्न सफल ‘ऊनको स्वीटर’ र दर्शकमाझ लोकप्रियता बढाउँदै गएको छ ।


ताजा खबर