‘मोहर’को नयाँ पोष्टर सार्वजनिक, पलको अंगालोमा बेनिशा र नीति

काठमाडाैं । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको देखिन्छ ।

पोष्टरमा नायक पल शाहको दोहोरो अवतार देखिन्छ । पल नायिका वेनिशा हमालसँग लामो कपाल पालेर अंगालोमा बाँधिएका छन् ।

यता, उनी छोटो कपालको साथमा नायिका नीति शाहको अंगालोमा बाँधिएको देख्न सकिन्छ । यसले, कतै पल फिल्ममा दोहोरो भूमिकामा त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ ।

फिल्म ‘मोहर’लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ । यो फिल्मको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ ।

यसैले, पोष्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ । टिजर सार्वजनिक भएपछि फिल्मको बारेमा दर्शकले अझै थप वुझ्न सक्ने निर्माणपक्षले बताएको छ ।

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्ममा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ ।

दिपेन बस्न्यातको छायांकन रहेको यो फिल्ममा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

फिल्म मेकर्स प्रा।लिको व्यानरमा निर्माण भएको यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक र लक्ष्मण राज पौडेल निर्माण नियन्त्रकको रुपमा छन् ।


ताजा खबर