काठमाडौं । विल्सन विक्रम राई (तक्मेबुढा)को निर्देशनमा बन्ने चलचित्र ‘मैझारो’मा मिरुना मगर अनुबन्धित भएकी छन् ।
यसअघि निर्माण पक्षले अभिनेतामा धीरज मगरलाई अनुबन्ध गरेको थियो । यसमा धीरजसँग मिरुनाको जोडी बाँधिने छ ।
यसअघि धीरजसँग मिरुनाले चलचित्र ‘कस्ती’मा एकसाथ काम गरिसकेका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो ।
चलचित्रमा धिरज र मिरुनाका अलवा अन्य कलाकारहरु पनि छिट्टै फाइनल गर्ने निर्माण पक्षले जनाएकाे छ ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने याे चलचित्रकाे लेखेका तथा निर्देशन तक्मेबुढाकै रहेकाे छ । उनले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहने छ भने गायनमा राजेश पायल राई लगायतको रहने छ ।
यो चलचित्रमा सौरभ लामाको छायांकन हुनेछ । साउनको पहिलो हप्ताबाट छायांकन हुने यो सिनेमालाई ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ ।