रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ- मनिषा कोइराला

काठमाडौं। अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

अभिनेत्री कोइरालाले बिहीबार वनस्थलीस्थित रास्वपा कार्यालय पुगेर हस्ताक्षर गरेकी हुन् ।

कोइरालाले हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन्।

उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ। जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ।’


ताजा खबर