कृषाको ‘पारस’मा सुशीलको इन्ट्री

कृषा चौलागाइँको निर्देशनमा फिल्म ‘पारस’ मा सुशील श्रेष्ठ अनुबन्धित भएका छन्। निर्माण टिमले बुधबार फिल्ममा निरुता सिंहपछि एक्सन स्टार सुशीललाई अनुबन्ध गरेको हो।

कृषाले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’

उनले सुशील आएपछि पारस राम्रो फिल्म बन्न सक्ने बताएकी छन्। यसअघि फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ,प्रियंका कार्की अनुबन्धित भइसकेका छन्।

यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन्। अब उनी यस फिल्ममा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय फिल्म ‘पारस’लाई बबाल बनाउने दाउमा छिन्।

प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई फिल्ममा लिएकी छन्।

चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ।


ताजा खबर