फिल्म ‘टेम्के: द डेस्टिनेसन’बन्ने, मुख्य भूमिकामा शिव श्रेष्ठ

फिल्म ‘टेम्केः द डेस्टिनेसन’ को मुहूर्त गरिएको छ। धार्मिक विधिअनुसार चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीले फिल्मको औपचारिक शुभारम्भ गरे । डिसीले फिल्मको टिमलाई शुभकामना दिंदै नरिवल फोडी क्ल्याप ईन गरि मुहुर्त सट लिएका थिए ।

आरडीएस नेपाल प्रस्तुत रहेको यस फिल्मको निर्देशक देवप्रसाद धिमाल छन् । धिमाल स्वयं निर्माता रहेको फिल्ममा पंकज सरदार सह–निर्माता छन् । फिल्ममा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माता रहेका छन् ।

फिल्मको सह–निर्देशकका रूपमा विजयराज भुर्तेल अनुबन्धित भएका छन् भने द्वन्द निर्देशन राजु किरातले गर्नेछन् । छायाङ्कनको जिम्मेवारी नरेश ऐयरले सम्हाल्ने छन् ।

फिल्ममा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाल, रविना दुलाल र विवेक खड्काको अभिनय रहनेछ ।

फिल्मको मुख्य छायाङ्कन काठमाडौं तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । छायाङ्कन चैत महिनाको दोस्रो साताबाट सुरु हुनेछ ।


ताजा खबर