कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् ।

गत शुक्रबार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।  उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज परिवारको जिम्मा लगाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले बले रिहा भएको पुष्टि गरेका छन् । उनलाई अभद्र व्यवहारको कसुरमा ५ दिनअघि पक्राउ गरिएको थियो ।

गत शुक्रबार अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । बुधबार ती युवतीले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

नेपालमा भने सागरविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरेको थियो ।


ताजा खबर