श्रेयसी भट्टराई बनिन् ‘मिस एसइई इटहरी २०८१’ विजेता

किशोरीहरूमा सौन्दर्य, आत्मविश्वास र प्रतिभा अभिव्यक्त गर्ने उद्देश्यले आयोजित ‘मिस एसईई इटहरी २०२५’ को उपाधि श्रेयसी भट्टराईले जितेकी छन्। लायन्स क्लब इटहरीमा शनिबार साँझ सम्पन्न पाँचौं संस्करणको ग्रान्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै उनी विजयी बनेकी हुन्।

श्रेयसीले उपाधिसँगै एसबी मेकअप स्टुडियोबाट मेकअप तालिममा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्तिसहित अन्य उपहार प्राप्त गरिन्।

फर्स्ट रनरअप अदिति गुरागाईं र सेकेन्ड रनरअप पवित्रा कुँवर बने। उनीहरूले सुष्मा गोदावरी कलेजमा ५० प्रतिशत छात्रवृत्तिसहित विभिन्न पुरस्कारहरू प्राप्त गरे। अमीका घिमिरे थर्ड रनरअप बनिन्, उनले पनि समान छात्रवृत्तिको अवसर पाइन।

रेनेशा प्रधानले पब्लिक च्वाइस अवार्ड जितिन्। उनलाई फुडसाला क्याफेले नगद १० हजारसहित एसबी मेकअप स्टुडियोबाट पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरियो।

संस्कृति दाहाल ‘अर्गनाइजर च्वाइस’ घोषित भइन्। उनले पनि मेकअप तालिम तथा प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाइन।

कार्यक्रम ओपन स्पेस प्रालिको आयोजनामा भएको थियो भने निर्देशन सरोज श्रेष्ठले गरेका थिए। समापन समारोहमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए। सभाध्यक्षतामा सजिना श्रेष्ठ थिइन्। प्रतियोगितामा २६ जना प्रतिस्पर्धी सहभागी थिए।

निर्णायक मण्डलमा मिस नेपाल २००५ सुगरिका केसी प्रमुख निर्णायकका रूपमा थिए। अन्य निर्णायकमा प्याब्सन कोशी अध्यक्ष सुमित थापा, सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी र अधिवक्ता अदव बान्तवा थिए।

प्रतियोगितामा विभिन्न सब-टाइटल पनि वितरण गरियो। संस्कृति दाहालले ‘ब्युटी विथ पर्पस’, ‘मिस ट्यालेन्ट’ र ‘सोसल मिडिया’ का तिनवटा उपाधि जितिन्। सुजना श्रेष्ठ ‘मिस पपुलर’, पवित्रा कुँवर ‘मिस बेस्ट डान्सर’, रेश्मा विष्ट ‘मिस पर्सनालिटी’, युना राई ‘बेस्ट वाक’, पुष्पाञ्जली श्रेष्ठ ‘मिस डिसिप्लिन’, पेरिशा शंकर ‘मिस फ्रेन्डशिप’, बेदिका भुजेल ‘मिस फोटोजेनिक’, नुना अधिकारी ‘मिस क्रिएटिभ’, बिनिशा सिग्देल ‘मिस बेस्ट ट्रान्सफर्मेसन’ र अदिति गुरागाईं ‘मिस कन्फिडेन्ट’ घोषित भए।

कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन शुभेक्षा कार्कीले गरेकी थिइन्। आकाश इन्स्टिच्युट र यार्सागुम्बा कार्यक्रमका सहयोगी थिए भने मिडिया पार्टनर परीकला न्यूज थियो। श्रृङ्गार एसबी मेकअप एण्ड नेल स्टुडियोले गरेको थियो भने फोटोग्राफी र भिडियोग्राफी निश्चल ग्यालरीले गरेका थिए। ड्रेस डिजाईन निधि बुटिक र वि प्रोडक्सनले संयोजन गरेका थिए। कार्यक्रमको एजुकेशन पार्टनर सुष्मा गोदावरी कलेज थियो।


ताजा खबर

No comments to show.