चर्चित गायक यस कुमार र अनु चौधरिको स्वरमा म्युजिकल फिल्म ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ।
सार्वजनिक भिडियोमा एक नगर प्रहरी प्रेमी र सडकमा मकै बेच्दै गरेकी युवतीबिचको प्रेमकथामा आधारित छ। पछिल्लो समय काठमाडौँ महानगरपालिकामा मेयरमा बालेन शाहले जितेपछि काठमाडौँ शहरको सडक पेटीमा व्यापार गर्नेहरूलाई नगर प्रहरीले गरेको गतिविधि र त्यसमा व्यापार गर्नेहरूको समस्यालाई दर्साएको छ ।
भिडियोमा शहर सफा बनाउने लोभले गरिबको खुसी लुटिरहेको एक कथा देखाउन खोजिएको छ । एक नगर प्रहरी र सडक पेटीमा व्यापार गर्ने एक युवतिको प्रेमलाई समय सान्दर्भिक तरिकाले प्रस्तुत गरिएको छ । नगर प्रहरीको भूमिकामा गायक तथा अभिनेता यश कुमार रहेका छन् भने, सडक व्यापारीको भूमिकामा अनु थापा रहेकी छिन्। उनीहरूकै प्रेमलाई भिडियोको कथा बनाइएको छ।
यशकै कथा रहेको म्युजिकल फिल्ममा राजेश घटानी, पञ्ची तामाङ र अनिता लामाको पनि अभिनय छ । गीतमा यस कुमारकै लय कम्पोज, एस.के. बच्चाको एरेन्ज र साजन शाहको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ ।
‘सुस्तरी सुस्तरी’ म्युजिकल फिल्मको निर्देशन निकेश खड्काले गरेका हुन्। भिडियोमा उत्तम हुमागाईँको छायाँकन र विकास धमलाको सम्पादन तथा कलरिङ्ग रहेको छ ।
					
		
		
																							
																							
																							
																							




												
												
												