बक्सअफिसमा ‘आ बाट आमा २’ अगाडि, ‘१२ गाउँ २’को कमाइ कति ?

काठमाडौं । दशैँको छेको पारेर असोज ३० गते एकसाथ प्रदर्शनमा आएका दुई चलचित्र ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

सोमबाार चलचित्र विकास बोर्डले यी दुई सिनेमाको १० दिनको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार ‘आ बाट आमा २’ले आइतबारसम्म ३ करोड १७ लाख ७३ हजार ८२८ रूपैयाँ ग्रस व्यापार गरेको छ ।

यस्तै, बोर्डको विवरणअनुसार ‘१२ गाउँ २’ ले २६ करोड २ लाख ८७ हजार ६९० रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।

चन्द्र पन्तले निर्देशन गरेको ‘आ बाट आमा २’का अहिलेसम्म ३ लाख ५९ हजार १९४ वटा टिकट बिक्री भएका छन् । विराज भट्टले निर्देशन गरेको ‘१२ गाउँ २’का ३ लाख ५९ हजार १९४ वटा टिकट बिक्री भएका छन् ।

बोर्डको विवरणअनुसार यी दुईवटा सिनेमाको ग्रस कलेक्सन हेर्दा सबैभन्दा अगाडि ‘आ बाट आमा २’ रहेको छ ।

चलचित्र ‘आ बाट आमा २’ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा उतारेको छ ।

पारिवारिक प्रेम, सम्बन्धको मिठास र आमा–सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको यस चलचित्रमा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् ।

एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’मा विराज भट्ट र समीर भट्ट मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सनसँगै पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई जोडेर निर्माण गरिएको अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारको पनि अभिनय रहेको छ । यही चलचित्रबाट कृशु शाही (काफिया) र वर्षा इटानीले नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।

महेश पौडेलले छायांकन गरेको चलचित्रमा कथा तथा पटकथा सन्तोष सरकारको छ । यसलाई पुनः सम्पादन गरि विस्तृत रुपमा उल्लेख गर्दै एउटा अनलाइन समाचार बनाइदेउ


ताजा खबर