लामो समयपछि फेरि एकसाथ भएका पल र मलिकाले समाते सहकारी ठग

नेपाली फिल्म तथा संगीत क्षेत्रमा लोकप्रिय कलाकार पल शाह र मलिका महत पुनः एकपटक संगीत भिडियोमा एकसाथ देखापरेका छन्।

लक्षरा फिल्म्सको प्रस्तुतिमा तयार भएर हालै मात्र सार्वजनिक भएको ‘राधा प्यारी’ शीर्षकको यस नयाँ म्युजिक भिडियोमा पल र मलिकाको जोडी दर्शकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेर देखिएका हुन्।

सार्वजनिक ‘राधा प्यारी’ गीतमा कृष्ण बिके र शान्ति श्री परियारको स्वर रहेको छ । कृष्ण बि.के स्वयंले शब्द र संगीत भरेका यो गीतमा बसन्त प्रताप सिंहको देउडा अन्तारा, धुर्व बिश्व र सबिन सुवेदीको कोरस स्वर, पोशन जीएमको मालल, समीर जैरुको पञ्चेबाजा, रत्न बिकेको बांसुरी, राहुल विश्वकर्माको गिटार र बेन्जो, नरेश बीबीसी मिक्स एण्ड मास्टरिङ रहेको छ ।

जी.वी अग्रीको कथा तथा निर्देशन रहेको म्युजिक भिडियो ‘राधा प्यारी’मा यी दुई कलाकार पल र मलिका प्रहरीको भूमिकामा देखिएका छन्। यो गीतले भिडियोले सामाजिक सन्देशसँगै प्रेम र कर्तव्यको महत्त्वलाई उजागर गर्छ। म्युजिक भिडियोमा प्रहरीको दैनिक जीवन, चुनौती र साहसलाई सुन्दर ढंगले चित्रण गरिएको छ।

भिडियो केही सस्पेन्स रहेको गीतको भिडियोले सहकारी पीडितहरुको कथा बोल्छ जुन अहिलेको समसामयिक विषय पनि हो। डान्सिङ बिटमा रहेको गीतको भिडियोले मनोरञ्जन संगसंगै पीडितहरुको आवाज उठाएको छ।

‘राधा पियारी’ को मुल सार देशभरका सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने विषय नै हो। भिडियोले समाज रुपान्तरणको लागि सकारात्मक सन्देश प्रवाह गरेको छ। जसले दर्शकलाई भावनात्मक रुपमा छुने अपेक्षा गरिएको छ।

भिडियोमा पल र मलिकाले सहकारीको नाममा सोझा-साझा जनतालाई ठगिरहेको व्यक्तिलाई कसरी सस्पेन्स तरिकाले पक्राउ गर्छन भन्ने कुरालाई रमाईलो तरिकाले प्रस्तुति गरिएको छ। यस्तै, भिडियोमा घनश्याम जोशी डीएसपी, कैलाश कथायत बेहुलाको रूपमा र पार्वती श्रेष्ठ बेहुलीको रूपमा देखिएका छन् ।

सन्जय विश्वकर्माले कोरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ। सार्वजनिक गीतको शब्द, संगीत र गायक गायिका-गायिकाको स्वरले दर्शकलाई मन्त्रमुग्ध बनाउने देखिन्छ। भिडियोको निर्देशनले कथा र संगीतलाई कुशलतापूर्वक सन्तुलनमा राख्दै, दर्शकलाई एक नयाँ अनुभव प्रदान गरेका छन्।

गीतमा प्रेमको कथा प्रस्तुत गर्दै मुख्य पात्रले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ, जसले गर्दा भिडियो अझ रोमाञ्चक बनेको छ। पल र मलिकाको उत्कृष्ट अभिनय र उनीहरूको बीचको केमिस्ट्रीले यो भिडियोलाई अझ विशेष बनाएको छ।

संगीत, शब्द र गायनको तालमेलले भिडियोले दर्शकलाई बाँधेर राख्न सफल हुने आशा गरिएको छ। पल शाह र मलिका महतका फ्यानहरूका लागि यो म्युजिक भिडियो विशेष उपहार बनेको छ।


ताजा खबर

No comments to show.