काठमाडौँ। नेपालीहरुको महान चाड दशैं आउनै लाग्दा दशैँका गीतहरु सार्वजनिक हुने क्रम बढेका छन्। यसै क्रममा दशैं गीत ‘दशैंको सम्झना’ सार्वजनिक गरिएको छ।
सुदन गैह्रेको स्वरमा रहेको गीतमा शब्द रचना राधा पौडेलको र संगीत देवेन्द्र बरालको रहेको छ। मौलिक शब्दहरु समाबेश गीत यथार्थ परक छ। बिश्व अधिकारीले संगीत संयोजन गरेको गीतको भिडियोको सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।
 पौडेलको रचनाहरुमा धेरैजसो समाजका विसंगति र विकृतिका बिरुद्द आवाज उठाउँदै गरेका र केहि सन्देश मुलक विचारहरू पनि पाइन्छन्। गायक सुदन गैह्रेको स्वरमा थुप्रै गीतहरु सार्वजनिक भई सकेका छन्।
सुदन परदेशमा रहे पनि नेपाली गीत संगीतमा सक्रिय छन्। दशैं गीत राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
					
		
		
																							
																							
																							
																							




												
												
												