काठमाडौं । अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुपेश बस्नेत र रेहा पोखरेलले एक रोमान्टिक गीत सार्वजनिक गरेका छन् । सुपेश बस्नेतको स्वरमा समावेश ‘सधैं साथमा तिम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई ३ वटा देशमा खिचिएको छ । यो गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।
गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुरेश र रेहाले नै अभिनय गरेका छन् । गीतलाई ‘वास्तविक कथा’मा आधारित रहेर तयार पारिएको हो । गोविन पुनको शब्द र संगीतमा तयार भएको यो गीतले रेहा र सुपेशको वास्तविक प्रेम यात्रा र जीवनको आरोहलाई प्रस्तुत गरेको छ ।
विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ ।
भिडियोको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।
महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुरेश भन्छन्–‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीतप्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’
चिकित्सिक पेशामा निकै व्यस्त हुँदा पनि सुरेश र रेहाले गीतसंगीतलाई निरन्तर अगाडि बढाउने बताएका छन् ।








