चकित पार्दै ‘सैयारा’ले कमायो दुई दिनमा नै ४५ करोड बढी

जुलाई १८ शुक्रबारबाट रिलिज भएको एउटा चलचित्र जसको यतिबेला निकै चर्चा भइरहेको छ, त्यो सिनेमा हो ‘सैयारा’ ।

सिनेमाघरमा देखिएका बलिउड र हलिउडका ठूला चलचित्रको तुलनामा यो सिनेमाको बक्स अफिस सङ्कलनले आकाश छोएको छ । सन् २०२५ मा रिलिज भएका अधिकांश चलचित्रलाई पछि पार्दै यो सिनेमाले २ दिनमा नै ४५ करोड कमाएको छ ।

‘सैयाराको बारेमा कुरा गर्दा यो ४० देखि ६० करोडको बजेटमा बनेको सिनेमा हो । सकनिल्कको रिपोर्ट अनुसार चलचित्रले रिलिजको दुई दिनमै ४५ करोड कमाएको छ ।

यसको अर्थ चलचित्रले रिलिज हुनेबित्तिकै बजेट नै सकिएको र अब यो सिनेमा नाफातर्फ अघि बढेको देख्न सकिन्छ ।

यो चलचित्रको नाम तपाईलाई अनौठो लाग्न सक्छ तर तपाईलाई थाहा छ, यसको नामको अर्थ के हो ? एक शब्दमा भन्नुपर्दा ‘एक तारा गन्दा’ नै ‘सैयारा’ भनिन्छ । तर भावनात्मक रूपमा यसको धेरै अर्थ हुन सक्छ।

चलचित्र ‘सैयारा’मा दुई नयाँ कलाकारलाई मौका दिइएको छ । यस सिनेमामा एकातर्फ आहान पाण्डे मुख्य कलाकारको भूमिकामा छन् भने अर्कोतर्फ अनीत पड्डा मुख्य अभिनेत्रीको भूमिकामा छिन् । दुबैको यो रोमान्टिक जोडीलाई निकै रुचाइएको छ । यो चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन् ।


ताजा खबर