लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा सात लाख बढीले हेरिसकेका छन्।
आफन्त, नातेदार र साथीभाईले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उनले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलीज भएलगत्तै दर्शक स्रोताले मन पराएका छन्।
आफन्त र साथीभाईलाई सहयोग र उपकार गर्ने क्रममा मानिसहरु कसर आफैँ बर्बाद हुन्छन् र समस्यामा पर्छन् अनि पैसा फिर्ता नगरी उनीहरुले कसरी दुःख दिन्छन् भन्ने विषयमा गाइएको गीतमाथि भिडियो पनि सोहीअनुसार फिल्मी शैलीमा तयार पारिएको छ। गीतमा खासगरी दुई मिल्ने दम्पतीबीच पैसा सापटीका कारण आएको दरारको कथा प्रस्तुत गरिएको छ भने सोही कारण जेलनेलको अवस्थासमेत सिर्जना भएको भिडियोमा देखाईको छ।
१७ मिनेट लामो भिडिया गायक पंगेनीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। गीतमा रचना र संगीत पनि गायक पंगेनीकै छ भने संवादसमेत राखिएको गीतको भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्।
गीतको भिडियोलाई हास्य अभिनेता तथा मोडल सागर लम्साल (बले), पूराना फिल्मकर्मी तथा टिकटक स्टार सन्तोष पौडले (बटुकजी), अनु रेग्मी, नन्दा बस्याल, भेष केसी, अनुप विष्ट, विजय शर्मा गैरे, अस्मिता श्रेष्ठ, सीता अधिकारी, सेजनी शर्मा, अहान वशिष्टलगायतले अभिनय गरेका छन्। छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन्। गीतमाथि व्यापकरुपमा टिकटक बनिरहेको छ भने सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।
					
		
		
																							
																							
																							
																							




												
												
												