काठमाडौं । गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘चोर हो तिमी’ सार्वजनिक भएको छ । यस गीतमा हरि थापाको शब्द र संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा पुष्कर राउत, श्रृष्टि खड्का र बिना राउतले अभिनय गरेका छन् ।
सुरेश पाण्डेद्वारा निर्देशित यो भिडियोमा प्रेम, धोका र पारिवारिक संवेदनालाई कलात्मक रूपमा चित्रण गरिएको छ । गीतको भाव अनुसार नै निर्देशकले भिडियोलाई न्याय दिएका छन् ।
भिडियोमा बाल कलाकार युवन तिवारीको अभिनय पनि हेर्न सकिन्छ । देव जोरीले छायांकन गरेको यस भिडियोमा देव महर्जनको द्वन्द्व निर्देशन छ भने अलिन बिष्ट प्युठानीले सम्पादन गरेका हुन् ।
भिडियोलाई मिरन कुमार पोखरेलले निर्माण गरेका हुन् ।