आगामी ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को निर्माण टिमले दर्शकका लागि ‘गफाडी’ प्रतियोगिता घोषणा गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको मुख्य पात्र दयाहाङको भूमिका रहेको डिग्री माइलामा गफाडी प्रतियोगिता घोषणा गरेको हो ।
प्रोमोसनका लागि डिग्री माइलाको पात्र बनेर डाइलग प्रतिस्पर्धा गरे उपहार जित्न सकिने अफर ल्याएको हो । इच्छुक दर्शकले डाइलग बोलेर भिडिओ बनाइ प्रतिस्पर्धामा भाग लिएर उपहार जित्न सक्नेछ । त्यसको लागि डिग्री माइलाको पात्र बनि आफ्नै गफ दिँदै अधिकतम ३ मिनेट सम्मको भिडिओ बनाउनुपर्नेछ ।
उक्त भिडिओ बनाएर दर्शकले ‘डिग्रीमाइला’को ह्यास्ट्याग राखी फिल्मको रिलिज मिति र टाइटल राखी degreemaila.movie@gmail.comमा पठाउनु पर्नेछ ।
साथै , बाँसुरी फिल्मसलाई ट्याग पनि गर्नुपर्नेछ र युट्युव च्यानल पनि सस्क्राइब गर्नुपर्नेछ । उक्त भिडियो २७ गतेसम्म पठाइसक्नु पर्नेछ भने सो भिडिओ बनाएका विजेताले हाेनरकाे मोबाइल उपहार पाउने छ्न् । साथै दोस्रो र तेस्रो बनेका दर्शकलाई पनि मोबाइल नै उपहार दिने छन् ।
रामबाबु गुरुङ निर्देशित फिल्मलाई बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो। यो फिल्मले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो। फिल्ममा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय देख्न सकिन्छ ।
					
		
		
																							
																							
																							
																							




												
												
												