दयाहाङको ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक

जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले यो फिल्मको टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा देखाएको छ। विकट गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको कथालाई यो फिल्मले देखाउछ।

फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायांकन रहेको यो फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ ।

विभिन्न फेस्टिभलहरुमा समेत सहभागिता जनाएर अवार्ड पाएको यो फिल्मलाई नबिन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा अमोद राई र नबिन सुब्बाको लगानी छ ।

फिल्ममा नायक दयाहाङ राई, कलाकारहरू पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारले अभिनय गरेका छन्।


ताजा खबर