बम्पर ओपनिङ सहित ‘महाजात्रा’ले गर्‍यो १ करोडमाथीको कलेक्सन

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ले शुक्रबार बम्पर ओपनिङ गर्‍यो । यो फिल्मले रिलिज भएको पहिलो दिन नै १ करोड २३ लाख माथीको ग्रस कलेक्सन गरेको निर्माणपक्षले बताएको हो।

फिल्मको आज र भोलिसम्मका अनलाइन बूकिङहरु हेर्ने हो भने पनि लगभग हाउसफुल नै छन्। आज शनिबार र भोलि पनि सार्वजनिक बिदा भएकाले यो फिल्मले बक्स अफिसमा राम्रै छाप छोड्नेमा सबै फिल्मकर्मीहरु आशाबादी छन्।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी रहेको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्य देव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । यो फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा यो फिल्म रिलिज भएको छ । आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै यो फिल्मको मुख्य कथा हो ।


ताजा खबर

No comments to show.