‘एक्लो-१’मा विजयको भीष्म रुप

साइन्स फिक्सनमा आधारित चलचित्र ‘एक्लो-१’ (च्यापटर एक) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

प्रदीप शाहीले निर्देशन गरेको यस चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टरमा उनलाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक पोस्टरमा विजय लामाको पात्रको नाम ‘भिस्म’ उल्लेख गरिएको छ भने साइडमा ‘इन्टरड्युसिङ्ग मुटु’ लेखिएको छ।

लामो समयदेखि बेलायतमा बस्दै आएका निर्देशक शाहीको यो तेस्रो निर्देशकीय सिनेमा हो । हाल लण्डनमा पोस्ट प्रोडक्सन कार्य भइरहेको चलचित्रलाई शाहीले हलिउड स्तरको सिनेमा बनाउने लक्ष्य राखेका छन् ।

सिनेमाको सम्पूर्ण कार्य सकिएपछि मात्र प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले जानकारी दिए ।

‘एक्लो’ मा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।

हलिउड अभिनेता जेमीको विशेष भूमिका रहेको छ ।

चलचित्रका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन रहेका छन् भने कार्यकारी निर्माता विनोदकुमार सुवेदी क्षितिज हुन् । ले गरेका छन् । चलचित्रमा बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।


ताजा खबर

No comments to show.