‘शुभ विवाह’ मार्फत दश वर्षपछि सहकार्य गर्दै सुदर्शन र प्रदीप

काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखेका छन् ।

दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’मा दोस्रो पटक सहकार्य हुन लागेका हो ।

निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन । निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन् ।

अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो । यो चलचित्रले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्व लाई चलचित्रमा दर्शाउने छ, निर्देशक थापा भन्छन् ।

यो फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन। चाडै नै अभिनेत्री लगाएत सम्पूर्ण कलाकार तथा प्राविधिक फाईनल गरि छायांकनमा जाने तयारि गरिएको जानकारी प्राप्त भएको छ । निर्देशक थापाको प्रेमकथामा आधारित सफल निर्देशकिय चलचित्र हरु ‘मेरो एउटा साथी छ’, ‘प्रेमगित’ ‘म यस्तो गित गाउछु’ आदि हुन् ।


ताजा खबर