काठमाडौं । नयाँ नेपाली चलचित्र ‘बाटुलो जुन’को केही सिन अर्को हप्ताबाट छायांकन हुँदै छ । मनसुन अथवा पानी परेको सिन सिनेमामा रहेका कारण अबको एक सातामा एक हप्ता यो सिनेमाको छायांकन हुनेछ ।
नौबिसेमा छायांकन हुने ‘बाटुलो जुन’को सम्पूर्ण तयारी भइसकेको छ । बाँकी छायांकन अनमोल केसीले ‘जेरी अनटप’को सुटिङ सकेपछि हुनेछ ।
भुवन केसीको निर्देशन रहने चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा रहनेछन् । अनमोलसँग ‘बाटुलो जुन’मा प्रिन्सी खतिवडाले काम गर्ने पक्का भएको छ । प्रिन्सीको यो डेब्यू फिल्म हो । अडिसनबाट प्रिन्सीलाई निर्माणपक्षले अनमोलको जोडीको रुपमा छनोट गरेको हो ।
‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई अभिनेता भुवन केसीको निर्देशन गर्ने भएका छन् । भुवनले चलचित्र ‘ड्रिम्स’पछि निर्देशन गर्न लागेको यो दोस्रो सिनेमा हो ।
‘बाटुलो जुन’ले नेपाली ग्रामीण समाजको कथा भन्नेछ ।
चलचित्रको नाम निर्देशक भुवन केसीले संगीतकार एसडी योगीको गीत ‘बाटुलो जुन’बाट लिएको बताइएको छ ।
अनमोल अर्को प्रोजेक्ट ‘जेरी अनटप’को गीत छायांकन सकिएपछि यो चलचित्र ‘बाटुलो जुन’को छायांकन भदौमा हुनेछ ।