हात्तिछाप चलाउन सौगात–सृष्टिको ‘ब्रेकअप’ साहारा

फिल्म ‘हात्तिछाप’ माग २६ गतेबाट रिलिज हुँदै छ । यतिबेला फिल्मको प्रचार प्रसारमा व्यस्त छन् कलाकार देखि निर्माण टिम सम्म । रिलिज मिति नजिकिँदै जाँदा यस फिल्मको प्रचारमा कलाकार सौगात मल्ल र अभिनेत्री उपासना सिंह ठकुरी मात्रै मेला महोत्सव देखि मिडियालाई अन्तरवार्ता दिन पुगिरहेका छन् । 

उसो त, फिल्ममा अरू थुप्रै कलाकार पनि छन् । फिल्मका अर्का मुख्य कलाकार दयाहाङ राईले प्रचारका लागि समय दिन पाएका छैनन् । दयाका अन्य फिल्मको छायांकन सेड्युल निरन्तर पर्नाले समय दिन नपाएको बताइएको छ । उनीसँगै फिल्ममा केही नाम चलेका कलाकार भए पनि उनीहरूको थोरै रोल रहेका प्रचारमा हिँड्न असहज महसुस गरिरहेका छन् । 

यता दयाले समय दिन नपाउँदा र बाँकी कलाकारहरूको छोटो रोल रहँदा प्रचार प्रसारको सम्पूर्ण भार सौगात र उपासना माथि थुप्रिएको हो । अभिनेता सौगातको पनि व्यस्त सेड्युल नभएको भने हैन । उनी दुई चार दिनको हतारे प्रचार सकाएर अन्य फिल्मको छायांकनमा निस्कन तयारी भइसकेका पनि छन् । जसो त्यसो सौगातले यस फिल्मको प्रचारलाई समय दिइरहेका छन् त्यसको कारण हो उनी यस फिल्मको केही प्रतिशत मुनाफाको भागेदारी रहनु । जसका कारण सौगातले प्रचारलाई समय दिई रहेका हुन् । 

सौगातको यही कारण निर्माण पक्षले फाइदा उठाइरहेको छ । फिल्मको प्रचारमा सौगातलाई नै महत्त्व दिन लागाइरहदाँ फिल्मको भन्दा उनले ब्रेकअपको प्रचार गर्नु परिरहेको छ । केही मिडियाले फिल्मका बारेमा भन्दा पनि सौगात–सृष्टि श्रेष्ठको ब्रेकअपको कुरा कोट्याइ रहेका छन् । निर्माण पक्षले जुन अपेक्षा अनुरूप सौगात र उपासनालाई प्रचारमा हिँडाएको थियो त्यो कुनै प्रकारले प्रचार हुन पाएको छैन । 

विशेष त युट्युब मिडियाको कामै पर्छ अर्थ भन्दा अनर्थ तिरको कुरालाई प्राथमिकता लिनु । जुन उनीहरूले आफ्नो मेन हेड्लाइसको रूपमा लुप्त लिइरहेका छन् । यसरी आवश्यकता भन्दा पनि अनावश्यक कुराको चर्चा गरिनुले न त फिल्मलाई नै फाइदा पुगेको छ, न त कलाकारलाई नै । 

सौगात र सृष्टिले यस विषयमा पहिले नै स्पष्ट पारी सकेका छन् । तर, यहाँ मिडियालाई के चाहियो बस हेडलाइन भए पुग्यो । उनीहरूले फिल्मको प्रचार गरी राख्नु आवश्यक ठानेनन् । यसरी सरोकार नै नभएको कुरालाई लिएर बारम्बार पश्न तेर्साउनुले कतिको जायज होला ?

यता फिल्मको बारेमा भन्नुपर्ने कलकारले स्पष्टीकरण दिन लगाइनु राम्रो भने कतै हैन । उनीहरूको निजी जीवनमा कस्तो असर परिरहेको हुन्छ भन्ने हो । फिल्मसँग कतै नजोडिएकी सृष्टिलाई समेत यस्ता प्रश्नले असर पार्ने देखिन्छ । यस विषयमा उनीहरूले जवाफ दिइसकेर अब कुनै कुरा नगर्ने भन्दै अघि बढी सकेको बताई पनि सेका छन् । यस्ता प्रश्न गरिरहँदा सँगै रहेकी उपासनालाई समेत असहज बनाइदिएको देख्न सकिन्छ । उनलाई लाग्दो, फिल्मका कुरा छाडेर किन पुराना कुरा कोट्याएको… ? 

हुन त, यस्ता कुराहरू उठिरहँदा निर्माण टिमलाई समेत असर पर्नुपर्ने हो । फिल्मका बारेमा उठ्नु पर्ने कुरा कतै नउठदाँ किन प्रचार गरियो भन्ने पनि लाग्नु पर्ने हो । आफ्नो फिल्मका मुख्य कलाकारलाई यस्ता प्रश्नको उत्तर दिन लाउनुले कतै निर्माण पक्ष नै सौगात–सृष्टिको ब्रेकअप साहारा लिन लागिपरेको छ भन्ने आशङ्का उब्जिएको छ ।


ताजा खबर