अनिता पण्डितको लेखन, निर्देशन तथा अभिनय रहेको फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मले एक बच्चामा देखिएको अटिजम र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको छ ।
यो फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरुको वकालत गर्ने मेन उद्देश्य हो । यो फिल्मले अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रुपमा पुरुष र महिला दुबैमा आकर्षिक हुने एक महिलाको कथा भनेको छ ।
आश्वि फिल्मस्ले निर्माण गरेको फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल–कलाकार आश्वि घिमिरेको मुख्य भूमिका छ ।