कस्तो चल्दैछ, ‘बोक्सीको घर’ ?

नायिका केकी अधिकारीको निर्माण कथा मुख्य भूमिका रहेको फिल्म ‘बोक्सी घर’ले उत्साहजनक व्यापार गरिरहेको छ। मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ। पहिलो सप्ताहन्त ३ करोड २० लाख ग्रस कलेक्सन गरेको यो चलचित्रले मंगलबारसम्म आइपुग्दा पनि दर्शकको साथ र माया पाइरहेको छ।

शुक्रबार बाट सार्वजनिक रुपमा प्रदर्शनमा आएको यो फिल्मको वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाखको ग्रस कलेक्सन गरेको छ। जम्मा गरेर चार दिनमा ३ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । त्यस्तै, बुधबार मजदुर दिवसको सार्वजनिक बिदा छ, जसका कारण यो फिल्मले अझ राम्रो कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि यो फिल्मको न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म फिल्मको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ ।


ताजा खबर