भिडियोपसल एपमा प्रदीप खड्काको ‘प्रकाश’

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ डिजिटल प्लेटफर्म भिडियोपसल एपमा रिलिज भएको छ ।

कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ ।

फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ ।


ताजा खबर

No comments to show.