एक साथ ‘११:५५’को पाँच क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । क्राइम थ्रिलर चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

आउँदो चैत्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाका पाँच मुख्य पात्रहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।

बुधबार सार्वजनिक गरिएको लुक्समा चलचित्रका प्रमुख भूमिकामा रहेका कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाल को लुक्समा उनीहरूले निर्वाह गरेको भूमिकाअनुसारकै चरित्र झल्किएको छ ।

केशव पाण्डे को निर्देशनमा बनेको यो सिनेमा उनको डेब्यु निर्देशन पनि हो । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमामा पाण्डे, एमएस अग्रज र शेखर ज्ञवाली को लेखन रहेको छ ।

सिनेमाका अन्य प्राविधिक पक्षहरूमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन रहेको छ। साथै, सुवास राज काफ्ले सिनेमाका प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आट्र्स को व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्मा ले लगानी गरेका छन्। सिनेमामा बुद्धि तामाङ र विशाल पहारी को पनि विशेष भूमिका रहेको छ। कार्यकारी निर्माताको जिम्मेवारी एमएस अग्रज ले सम्हालेका छन् भने सिनेमाको वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रालि ले गर्नेछ।

सिनेमाका क्यारेक्टर पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढेको छ। क्राइम थ्रिलर प्रेमी दर्शकहरूका लागि यो सिनेमा आकर्षक बन्ने अनुमान गरिएको छ।


ताजा खबर

No comments to show.