काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आबाट आमा’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । उनलाई हालै निर्माण टिमले फिल्मका लागि अनुबन्धित गरेको हो ।
फिल्ममा अनुबन्ध भइसकेपछि पल शाहले आफूलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको र काम गर्न उत्साहित भएको बताए । अहिलेसम्मको खेलेको फिल्ममध्ये यसको कथा एकदमै राम्रो रहेको पलले बताए ।
केहि समयपछि यसको बारेमा थप जानकारी दिने पलको भनाइ छ । यसअघि यो फिल्ममा आमाको भूमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्धित भइसकेकी छन् ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो ।