काठमाडौं । अन्तरजातीय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’मा अभिनेता मुकुन भुसाल अनुबन्ध भएका छन् ।
काजी लिम्बूको निर्माण परिकल्पना र लेखन रहेको चलचित्रको निर्देशन कसले गर्नेछ्न, त्यो भने सस्पेन्स नै राखिएको छ ।
भदौबाट सुटिङ थालिने ‘जदौ’को प्रमुख अभिनेत्रीमा केही दिनअघि साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छिन् ।
कलाकारको लाइनअप बलियो बन्दै गइरहेको चलचित्रमा मुकुनसँगै अभिनेत्री सन्ध्या श्रेष्ठ पनि अनुबन्धीत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।
सिल्भर स्क्रिन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ छन् । श्याम तामाङले खिच्ने फिल्मका गीतमा बाबुल गिरीको संगीत रहनेछ ।
चलचित्र ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना रहेको जानकारी सिल्भर स्क्रिनकी प्रबन्धक निर्देशक विकला भन्डारीले दिएकी छिन् ।