‘मोहर’को टिजरमा ‘देउकी’ प्रथा

काठमाडौं । आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलको च्यानलबाट मंगलबार चलचित्रको १ मिनेट १८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरले नलेखिएको नियमको कथा बोल्छ । चलचित्रमा ‘देउकी’को कथालाई उल्लेख गरेको टिजरबाट वुझ्न सकिन्छ । टिजरमा मन्दिरमा रहेकी माताको रुप र डराएकी बालिकाको अनुहारले चलचित्र देउकी प्रथालाई उजागर गरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । लामो कपाल पालेका पलको कथा नायिका बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । यस्तै, कपाल छोटो पालेका पलको कथा नायिका नीति शाहसँग जोडिएको छ ।

फिल्म मेकर्स प्रा।लिको प्रस्तुतिमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

कुमार महर्जनको एक्सन रहेको चलचित्रमा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको डीओपी छ ।

चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रको प्रोडक्सन म्यानेजर लक्ष्मणराज पौडेल हुन् । रोशन जंग शाही चलचित्रका लाइन प्रोड्यूसर हुन् ।


ताजा खबर