काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर: पर्मानेन्ट रेसिडेन्ट’ को टिजर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि टिजर रिलिज गरिएको हो ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र टिजरमाको अस्ट्रेलियामा विद्यार्थीहरुको संघर्ष उनीहरुको दुख नेपालमा परिवारको पिढा एउटा समसामयिक विषय देखाइएको छ । जसमा नेपालीहरूले अष्ट्रेलियन पीआर लिन गरेको संघर्ष, उनीहरूबाट परिवारले राख्ने अपेक्षा र अष्ट्रेलियामा गर्नुपर्ने दुःखका साथै प्रेम, बदला, धोका र विछोड लाई देखाइएको छ ।
चलचित्र ‘पीआर’ मा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ । यो सिनेमाको विशेष भुमिकामा नीर शाह, गौरी मल्ल, रबिन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन् ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र सन्तोष तिवारी (लेन वे डम्प्लिङ) सिड्नी यो चलचित्रका प्रस्तुतकर्ता हुन् ।
निर्देशक बस्नेत स्वयंको कथा रहेको यस चलचित्रका निर्माताका रुपमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् ।
चलचित्रमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ सायमी (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ ।
यस चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत, गणेश बुढाथोकी, मणि तामाङ हुन् भने केवल मान सिंह बस्नेत निर्माण ब्यबस्थापक रहेका छन् ।
यो सिनेमाको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा ६० र ४० प्रतिशत गरिएको निर्देशक बस्नेतको भनाई छ ।
निर्माण पक्षका अनुसार यो चलचित्र यसै महिनाको अन्तिमबाट अस्ट्रेलिया र न्युजिल्यान्ड को सबै शहरमा र रिलिज गरिदै छ । यस बाहेक दशैको आसपासमा विश्वव्यापी रुपमा रिलिज गरिने निर्माण पक्षको भनाई छ ।
नेपालमा यस चलचित्रलाई आर आर फिल्मसले वितरण गर्दैछ ।