केदारपछि ‘जहाजैमा’मा सौगात फाइनल

जापानमा आगामी भदौदेखि छायांकन सुरु हुन लागेको फिल्म ‘जहाजैमा’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । निर्माण टिमले उनीसँग कागजी सम्झौता गरिसकेको छ।

हालसम्म सौगातको भूमिकाबारे खुलाइएको छैन। उनले आफुलाई प्रस्ताव गरिएको पात्र अत्यन्त मन पराएपछि फिल्ममा काम गर्न सहमति जनाएको बताएका छन् ।

कृषा चौलागाइँको निर्देशनमा तयार हुँदै गरेको यो फिल्ममा यसअघि नै हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ पनि फाइनल भइसकेका छन्। केदारको भूमिका पनि हालसम्म गोप्य राखिएको छ।

फिल्ममा जापानी अभिनेत्री रुजेल इचिमिया समेत अनुबन्ध भइसकेकी छन्। साथै, अन्य केही चर्चित कलाकारहरु पनि फिल्ममा रहने निर्माण पक्षले जानकारी दिएको छ।

‘जहाजैमा’ फिल्म ‘पिताम्बर’पछि निर्देशक कृषा चौलागाइँ र अभिनेता सौगात मल्लबीचको दोस्रो सहकार्य हो। फिल्मका डीओपी पुरुषोत्तम प्रधान रहनेछन्।

यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्न लागेको फिल्मको प्रि-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यो फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ।


ताजा खबर

No comments to show.