‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

काठमाडौं । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘कल्ली’ आगामी फागुन १ गतेबाट नेपालमा रिलिज हुँदैछ ।

हाल पोस्ट-प्रोडक्सनको काम तीव्र रूपमा भइरहेको यो चलचित्रलाई नेपाली भाषासँगै हिन्दी भाषामा पनि प्रदर्शन गराउने तयारी गरिएको छ । यसको हिन्दी संस्करण भारत र पाकिस्तानमा मात्र रिलिज हुने निर्माणपक्षले जानकारी गराएको छ ।

चलचित्रका निर्माता किरण नेपालीले ‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज गरिने तयारी गरिएको बताए ।

पौराणिक कथामा आधारित रहेको यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, अर्पण थापा, उत्तम प्रधान, विनोद न्यौपाने, सुलक्षण भारती, रेयर राई, प्रियना आचार्य (मुन्नी), गीता अधिकारी, कुलदीप अधिकारी लगायतको अभिनय छ ।

महेश दवाडीको पटकथा रहेको यो चलचित्र लोभको कथामा आधारित छ । मानिसमा लोभ पलाएपछि उसले आफ्नो जीवनमा कस्तो मोड लिन्छ भन्ने विषयलाई उठाएको छ ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा किरण नेपाली, हिमाल कडरिया र अमलादेवी राई छन् भने सरोज नेपाली कार्यकारी निर्माता हुन् ।

निसाल पौडेलको छायांकन रहेको चलचित्रमा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत रहेको छ ।

यो सिनेमालाई नेपालमा काफिया र कुबेर फिल्मस्ले वितरण अधिकार लिएका छन् भने भारतमा एम.के फिल्म डिस्ट्रिब्युटर र पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरणको जिम्मेवारी लिएका छन् ।


ताजा खबर

No comments to show.