प्रिमियरमा ‘यो मन त मेरो नेपाली हो’लाई तारिफ, कसले के भने ?

काठमाडौं । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। भोली शुक्रबार (असार २७) बाट देशभर प्रदर्शनमा आउने फिल्मको प्रिमियरमा फिल्मकर्मी, पत्रकारलगायतको उपस्थिति थियो ।

फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताउँदै भने, नयाँ पुस्तासँगै अहिलेको पुस्तालाई नेपाली भाषाप्रति जिम्मेवार बनाउन सन्देश दिएको बताए ।

कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्व झल्काउने प्रयासका कारण फिल्म हरेक नेपालीले हेर्नुपर्ने फिल्म भएको बताए।

निर्देशक अशोक शर्माले फिल्मको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने फिल्म बनेको भन्दै विषयवस्तुको प्रशंसा गरिन् ।

फिल्म पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायतले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने फिल्म बनेको बताएका थिए ।

फिल्म मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले फिल्मको खुलेर तारिफ गर्दा चलचित्र चल्नेमा आफुहरु ढुक्क रहेको बताए ।


ताजा खबर